Saturday, September 25, 2010

नेपाली चलचित्र ुसाहसीु को दोश्रो शो अष्ट्रेलियामा

नेपाली चलचित्र ुसाहसीु को दोश्रो शो अष्ट्रेलियामा

मूनाल फिल्म प्रा।लि। र विन्दवासीनी चलचित्र मन्दिरको संयुक्त प्रस्तुती रहेको नेपाली कथानक चलचित्र साहसी को प्रथम प्रदर्शन 27 June 2010 मा हङकङमा भव्य प्रदर्शन भएको छ भने यसको दोश्रो शो अष्ट्रेलियामा आउदो 9 October 2010,Hurstville Entertainment center, 16 th Mcmohan st, hurstville, Australia,
time-3.30pm -5.30 pm organized by cathmandu films
मा प्रदर्शन हुदैछ ।

त्यसपछि तेश्रो शो वेलायतको विभिन्न शहरमा 28 November 2010 बाट प्रशर्दन हुने वताएको छ । नेपालमा प्रदर्शनको मिति कुरिरहेको साहसी ले विश्वका प्रमुख सहरहरुमा प्रदर्शन गरेपछिमात्र नेपालका हलहरुमा प्रदर्शन गर्ने योजना वनाएको छ ।

अष्ट्रेलियामा प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भएकॊ आयोजक । Shamim Anwar जानकारी दिनु भयो ।

साहसी व्यक्तिले नै बाजी हातपछि भन्ने मूल सन्देश वोकेको यस चलचित्रले पत्रकारले आफ्नो ज्यानको बाजी राखेर समाचार सम्प्रेरण गर्नुपर्ने विषयलाई समेत दर्शाइएको छ । समुद्री सतहदेखि करिब ४००० मिटर माथीको स्थानमा रंगी विरंगी लेकाली फूलहरुको विचमा यस चलचित्रको गीतको छायाङ्कन गरिएको छ भने नेपाली ठेट रोइला भजनलाई कलात्मकरुपमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा महा नायक राजेश हमाल भोज ब। गुरुङ्ग गणेश उप्रेती स्नेहा शर्मा शर्मिला ज्याक गुरु श्रेष्ठ मणिरत्न पौडेल राजु अधिकारी राजेन्द्र अधिकारी छबि सुवेदी लगायतका कलाकारहरुको अभियन रहेको छ । चलचित्रको कार्यकारी निर्माता मणिरत्न पौडेल निर्माता झम बहादुर गुरुङ्ग कुविना गुरुङ्ग धनमाया गुरुङ्ग हुनुहुन्छ । चलचित्रको गीत÷संगीत लोकनाथ सापकोटाको रहेको छ । वासुदेव पोखरेलको निर्देशनमा बनेको साहसीका प्रस्तुतकर्ता एवं नायक भोज बहादुर गुरुङ्ग हुनुहुन्छ ।

चलचित्र साहसी ले नयाँ कथा वस्तु वोकेको हुनाले हङकङमा राम्रो प्रदर्शन भएको साथै अष्ट्रेलियामा धेरैले साहसी लाई कुरिरहेको आयोजक मध्यका भुवन पुनले वताएको छ । नेपाली दर्शकले भने दशै तिहारपछि विदेशका विभिन्न शहरमा प्रदर्शन पश्चात हेर्न पाउने छन भन्दछन चलचित्र ुसाहसीु का निर्मार्ता झम बहादुर गुरुङ्ग।

No comments: