Saturday, August 21, 2010

॥ गीत ॥-प्रेम गुरुङ

॥ गीत ॥by Prem Gurung on Wednesday, August 18, 2010 at 8:09pm
-प्रेम गुरुङ रामादी, कास्की - २०६७ आषाढ १७
------------------------------------------------------

तिमी सँग मनका कुरा भन्न मन लाग्छ ॥
तिम्रो सिँउँदो रँगाएर जिउन मन लाग्छ ॥

फकि्रएको फूल जस्तो रहेछ तिम्रो जोवन ॥
टिपुँ टिपुँ जस्तो लाग्छ भनी रहन्छ यो मन ॥

लज्जावती जस्ती हुन्छयौ तिमी लजाउँदा ॥
धड्कन मेरो बडी दिन्छ समिपैमा आउँदा ॥

ओँट टोकि हाँस्दा तिमी छछल्किन्छ रुप ॥
तिम्रो मुस्कान देखेर लोभिन्छ मेरो मन ॥

No comments: