Saturday, August 21, 2010

॥ खोजि रहेछ यो मन । तिमीलाई नै ॥-प्रेम गुरुङ, देउराली-७, रामादी, कास्की -२०६७ आषाढ २२

॥ खोजि रहेछ यो मन । तिमीलाई नै ॥by Prem Gurung on Wednesday, August 18, 2010 at 8:20pm
----------------------------------------

खोजि रहेछ यो मन । तिमीलाई नै ॥
देखि रहन्छु सपनीमा । तिमीलाई नै ॥
के भयौ र तिमीलाई ? कि भएनौ र सन्चो ??
कि सतायौ र तिमीलाई ? मेरो सम्झनाले ॥

गाह्रो हुँदो रहेछ जिउन । तिमी देखि टाडा हुँदा ॥
जिउँदो लाश झैँ हुँदो रहेछ । विछोडीनु पर्दा ॥
यस्तै हुँदो हो तिमीलाई पनि । मेरो सम्झनाले ॥
सवै बैरी बने होलान् । सहरा नहुनाले ॥

के गर्दी होली तिमी ? त्यो विरानो ठाउँमा ॥
छटपटीदा हुन् वेदनाले । मेरो याद आउँदा ॥
हेर्दी होली मलाई नै ! दोवाटोमा कुरी ॥
गर्दी होली कामना तिमी ! मेरो आगमनको ॥


मलाई पनि कहाँ छ र मन ? बस्न तिमी देखि टाढा ॥
रुन्न होला र मेरो यो मन ? तिम्रो याद आउँदा ॥
नदुःखेको कहाँ छ र यो मन ? बाध्यततामा जिउनु पर्दा ॥
खोजि रहेछ यो मन । केवल तिमीलाई नै ॥

No comments: