Saturday, August 21, 2010

॥ बुझनै सकिन ॥

॥ बुझनै सकिन ॥by Prem Gurung on Wednesday, August 18, 2010 at 8:28pm
- प्रेम गुरुङ देउराली-७ रामादी कास्की(हाल अफगानिस्तान २०६७ आषाढ २६)



सुस्ताउँछ बतास पनि आउदा तिमी बुझनै सकिन ॥

जुदायौ नयन मसँग मस्किएर मुस्कान बुझनै सकिन ॥



कहिले जिस्किन्छौ कहिले ठूस्किन्छौ बुझनै सकिन ॥

अनुहार तिम्रो पढ्न खोजेँ जवाफ पाउनै सकिन ॥



झिमझिम परेला तिम्रो नयनको भाका बुझनै सकिन ॥

फरफराउँदै ओँठ तिमीले के के भन्यौ बुझनै सकिन ॥



क्यानभाषमा कोर्न खोँजेँ तिम्रो तस्वीर कोर्नै सकिन ।

स्पर्श गरयौ समिपै आई तिमीले मन थाम्नै सकिन ॥

No comments: