Saturday, July 3, 2010

"असफता नै सफलताको पहिलो खुडकिलो हो ।"

प्यारी बहिनी,
शुभ आशिर्वाद !!



प्रवेशिका परिक्षा एस.एल.सि. २०६६ को नतिजा प्रकाशन सानो ठिमी भक्तपुरले हिजो मात्र प्रकाशित गरयो ६४ प्रतिशत विद्यार्थीहरु उत्तिर्ण हुन सफल भयो । हिजो दिन भरी नै नतिजा प्रकाशनको आशामा www.slc.ntc.net.np, www.doe.gov.np, www.moe.gov.np, www.educationsansar.com आदि साईटहरु browsing गर्दै बसें । थकित भएर तिम्रो नतिजाको प्रतिक्षा गर्दै भुसुक्कै निँदाएको रहेछु । विहान मात्र व्युँझिए पछि हतार हतार MWR Internet Cafe मा छिरें ।

बहिनी दुःखको कुरा मैले तिम्रो सिम्बल नं. फेला पार्न सकिन । एउट प्रदेशी दाज्युले तिमीबाट ठूलो आशा राखेको छु । किन कि कल्चौरी र पन्चले पढ्न तिर ध्यानै दिएन । एक पटक परीक्षामा असफल भयो भन्दैमा मेरो सवैथोक खत्तम भयो भनेर कदापि नसोँच तिमीले । जस्ले परिक्षा दिएको हुन्छ उस्ले कि त पास हुन सक्छ कि त फेल । जस्ले परिक्षा नै दिएको छैन त्यसले म पास अथवा फेल भएँ भनेर कहाँ भन्न पाउछ र कि कसो ? मलाई थाहा छ, तिमी भित्र कस्तो अनुभुति भैरहेको छ भनेर ! दाइ, भाउज्यु, आमा अनि साथीभाइ साथै गाउलेले के भन्लान् भनेर समय खेरा फाल्नुको सटट कम्जोरीलाई पहिल्याएर त्यस्लाई सुधार्न तिर अहिले नै लागे राम्रो हुने छ । हो, मैले पनि यस्ता परिक्षा कति दिएँ कति दिएँ ! कुनै सफत त कुनै असफल । तिमी भन्दा जेठो भएको नाताले धेरै अनुभव गरि सकेको छु र तिता मिठा पलहरु पनि । सवै पल सुखद नै हुनु पर्छ भन्ने पनि छैन र दुःखद पनि । हो अहिले तिमी लगाएत हामी सवैलाई दुःखद अनुभुति भइरहेको छ । यो एउटा परिक्षणको घडी पनि हो तिम्रो र हाम्रो ।

"असफता नै सफलताको पहिलो खुडकिलो हो ।" यस कथनलाई मनन् गरि तिम्रो प्रमुख उद्देश्य के हो ? त्यो पुरा गर्न तिर अहिले देखि नै कम्मर कसेर शुभ कार्यमा ढिलो नगर ल । तिम्रो भाउज्युले भन्दै थिइन् - "अंग्रेजी विषयमा लागेको छ ।" भनेर । यता उता नअल्मलिकन अहिले देखि नै त्यस विषयको तयारीको लागि शुरु गरि हाल । पुरक परिक्षाको अवसरलाई सदुपयोग गरि सफलताको बाटो तिर उन्मुख हुने छ भन्ने आशा राख्द छु मेरो र आशिर्वाद र शुभ कामना !

तिमी लगाएत रामादी गाउँबाट प्रवेशिका परिक्षामा सम्मिलित सवै जना (रोशन क्होला, माया क्रहोन्छै, रेणु प्हच्यु, धनकाजि क्होला) अनुत्तिर्ण भएकोमा दुःख लागि रहेको छ । उनीहरुलाई पनि मेरो तर्फबाट भन्नु कि कोशिष गरेर फेरि पनि कत्ति पनि अविचलित भएर परीक्षाको लागि तयारी गरी पुरक परिक्षा दिई सफल हौ र यही छ मेरो आशिर्वाद र शुभ कामना !


उही प्रदेशी दाइ,
प्रेम प्हच्यु तमु
अफगानिस्तान

No comments: