Tuesday, June 15, 2010

पाथ्रा गाउँमा घाँटु खोई २०६७ कार्यक्रम

पाथ्रा गाउँमा घाँटु खोई २०६७ कार्यक्रम

तनहूँ रिस्ति गाविसको पाथ्रा गाउँमा घाँटु खोई २०६७ कार्यक्रम तय भएको जानाकारी पाउँद अति नै खुशी लाग्यो । सो कार्यक्रममा सहभागी हुन रामादी गाउँले पनि जाँदै छ भनेर तीर्थ मामाले फोन मार्फत हिजो राति ९ः०० बजे जानाकारी गर्नु भएको थियो । उक्त कार्यक्रम २०६७ आषाढ ५ देखि ६ गते सम्म हुने छ ।

गुरुङ बस्तीहरुमा लोपोन्मुख परम्परागत घाँटु नृत्य वैशाख पूर्णिमा अथवा पन्चकमा सम्पन्न गराइ सके पछि समयानुकुल मनोरन्जनको लागि खोई खाने चलन छ । उक्त अवसरमा विभिन्न गाउँका युवा-युवती, बुढा-पाकाहरु उपस्थित भएर चुड्का गीतका साथ खैंजडी बजाउँदै, चुड्का नृत्य प्रस्तुत गर्दछन् । भौगोलिक दृष्टिले पृथ्वीको अर्को गोलार्दमा भएको हुनाले उपस्थित हुन नसक्दा ज्यादै दुःख लागि रहेको छ । आशा छ उक्त कार्यक्रम भव्यताका साथ सु-सम्पन्न होस् भनी हार्दिक शुभ कामना व्यक्त गर्न चाहन्छु ।

गत साल रामादी गाउँमा घाँटु खोईको आयोजना हुँदा पाथ्रा, मिर्लुङ वासपानी र थप्रेक तनहूँ सहभागी भएका थिए । धन्यवाद ।

प्रेम गुरुङ रामादी
www.prem.net.np

No comments: