Wednesday, June 30, 2010

स्वार्थी दुनियाँ !

स्वार्थी दुनियाँ ! -प्रेम गुरुङ, रामादी, कास्की (२०६७ आषढ १६)

गर्दैनन् यहाँ कसैले कसैको वास्ता ।
पिडा देखाउनुको के अर्थ ।।
केही गरी सुनायौ भने पनि ।
सुनिदिने छैनन् यहाँ कोही पनि ।।
सहानुभुतिको त आशै छैन ।
थप्लान् बरु पिडा माथि पिडा ।।
त्यसैले,
जस्तै दुःख कष्ट भए पनि ।
जस्तै आँधी तुफान आए पनि ।
सामना गर्दै जानु छ यहाँ ॥
यो स्वार्थी दुनियाँमा । यो स्वार्थी दुनियाँमा ॥

Tuesday, June 29, 2010

॥ आउँछ याद ॥

-प्रेम गुरुङ, देउराली-७, रामादी, कास्की (हाल अफगानिस्तान -२०६७ आषाढ १५)

आउँछ याद त्यो गाउँ वन पाखा ।
गाउँदै सुसेलेर कोईलीको भाका ॥
गाँस्यौँ माया प्रीति, हिडयौँ मेला अनि वनपात ॥
विसिएको छैन अझै, रोधी घरको ।
खैँजडी र मादलुको ताल ॥
नाँचि हिँडयौँ सँगै हामी ।
सोरठी घाँटु झ्याउरे चुड्का ॥
आउँछ याद, त्यो गाउँ वन पाखा ॥

Monday, June 28, 2010

नसोध मलाई

नसोध मलाई विछोडको पिडा ।
जो सहन बाध्य गरायौ तिमीले ॥

बाँच्नुको अर्थ के नै रहयो र ।
दुई किनारा बनाई छाडे पछि ॥

पिई रहेछु विषको प्याला ।
जो दियौ तिमीले अमृत भनी ॥

अफगानमा लभ पर्दै परेन ।।

अफगानमा लभ पर्दै परेन ।।

कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।
एक दुई वटी खैरिनी,आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
तिनीहरुले हामी जस्तो लाइ खै के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।
Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी त चाइने रैछ
Hight तन्केन Body फुलेन, खै के गरुँ ?
दिनहुँ नुहाई अत्तर नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

Tuesday, June 15, 2010

पाथ्रा गाउँमा घाँटु खोई २०६७ कार्यक्रम

पाथ्रा गाउँमा घाँटु खोई २०६७ कार्यक्रम

तनहूँ रिस्ति गाविसको पाथ्रा गाउँमा घाँटु खोई २०६७ कार्यक्रम तय भएको जानाकारी पाउँद अति नै खुशी लाग्यो । सो कार्यक्रममा सहभागी हुन रामादी गाउँले पनि जाँदै छ भनेर तीर्थ मामाले फोन मार्फत हिजो राति ९ः०० बजे जानाकारी गर्नु भएको थियो । उक्त कार्यक्रम २०६७ आषाढ ५ देखि ६ गते सम्म हुने छ ।

गुरुङ बस्तीहरुमा लोपोन्मुख परम्परागत घाँटु नृत्य वैशाख पूर्णिमा अथवा पन्चकमा सम्पन्न गराइ सके पछि समयानुकुल मनोरन्जनको लागि खोई खाने चलन छ । उक्त अवसरमा विभिन्न गाउँका युवा-युवती, बुढा-पाकाहरु उपस्थित भएर चुड्का गीतका साथ खैंजडी बजाउँदै, चुड्का नृत्य प्रस्तुत गर्दछन् । भौगोलिक दृष्टिले पृथ्वीको अर्को गोलार्दमा भएको हुनाले उपस्थित हुन नसक्दा ज्यादै दुःख लागि रहेको छ । आशा छ उक्त कार्यक्रम भव्यताका साथ सु-सम्पन्न होस् भनी हार्दिक शुभ कामना व्यक्त गर्न चाहन्छु ।

गत साल रामादी गाउँमा घाँटु खोईको आयोजना हुँदा पाथ्रा, मिर्लुङ वासपानी र थप्रेक तनहूँ सहभागी भएका थिए । धन्यवाद ।

प्रेम गुरुङ रामादी
www.prem.net.np