Tuesday, August 4, 2009

कलामा रमाउँदै कला

'कला' भनेर चिन्छन् सवैले उनलाई । उनी नाच्नमा निक्कै खप्पिस छन् । कला भएरै होला अन्ततः विद्यार्थी जीवनको छविकला गुरुङवाट अन्ततः उनको नाम कला मात्रै रन गयो । उनी अहिले लमजुङ सदरमुकाम वेसीशहरस्थित जन विकास उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढि्छन् ।


२०४९ साल कार्तिकमा खुदी गाउँ विकास समिति वडा नं. ९ सिउरुङमा बाबा नन्द घले र आमा मिश्रीमाया घलेको कोखवाट माईली छोरीको रुपमा जन्मिएकी कलाले निमावि तहको अध्यनन भने गाउँकै लता कुञ्ज निमाविमा गरेकी हुन् । गाउँवाट विद्यालय टाढा परेकै कारण सदरमुकाम आएर पढ्न बाध्य कलाले शहरबजारका स्टेजमा आफ्नो धेरै कला प्रस्तुत गरिसकेकीछन् । वेसीशहर र आसपासका बजारमा भएका कार्यक्रममा उनको नृत्य देख्न नपाएपछि दर्शकहरु खिन्न हुन्छन् । सांस्कृतिक कार्यक्रम हुने वित्तिकै उनको नाम पुकार्छन् दर्शकहरुले ।

मेलापात जाँदा होस् या गोठालो जाँदा । रेडियोमा नाच्ने खालका गीत आउने वित्तिकै सवैकाम छाडेर नाच्ने गरेकी गाउँले बालिका अहिले सदरमुकाम वेसीशहर लगायत लमजुङ र वरपरका जिल्लाहरुमा प्रख्यात कलाकारको नामले चिनिन्छ । आफ्नो कला देखाउन लमजुङका ग्रामीण क्षेत्रबाहेक हिमालपारिको जिल्ला मनाङ समेत पुगेकीछन् । पर्यटकीय गाउँ सिउरुङस्थित पर्यटन ब्यवस्थापन उप-समितिका सचिव उमरबहादुर गुरुङ कला नै सिउरुङ महोत्सवको आकर्षाको एक पात्र भएको वताउँछन् । भन्छन्, 'महोत्सवमा कला नपुगे महोत्सव जस्तै लाग्दैन ।' कलाको नृत्य हेर्नका लागि भनेपनि टाढाटाढाबाट पर्यटक आउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको गुरुङको भनाई छ । १७ वषिर्या कलाको वास्तविक नाम कला घले हो । नाच्नुको अलाव भ्रमण, अध्ययन र अभिनयलाई विशेष चासको रुपमा लिन्छन् उनी । उनको चासो र उद्देश्यका कारण पछिल्लो पटक गुरुङ भाषाको चलचित्र 'आक्रोदो' मा पनि उनले अभिनय गरेकीछन् । 'समयले साथ दिएमा नृत्य र अभिनयलाई साथसाथै लैजान्छु' उनको भनाई छ ।

विना कसैको प्रेरणाविना कलाले नाचेरै धेरै प्रख्यातिहरु कमाएकाछन् । तमु छोँज धिँ लमजुङले गतवर्षआयोजना गरेको खुल्ला नृत्य प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकीहुन् । विद्यालयस्तरमा गरिने नृत्य प्रतियोगितामा उनले धेरैपटक प्रथमस्थान हासिल गरिसकेकीछन् । नाच्नकै लागि लमजुङका पर्यटकीय गाउँहरुमा पुगेका कलाले गाउँलेको मायाका साथै धेरै मानसम्मान पनि पाएकीछन् । उनी आफ्नो पर्ढाई पुरा भएपछि लक्ष्य प्राप्तिका लागि डटेर लाग्ने वताउँछिन् । उनको लक्ष्य भविश्यमा कुशल नृत्यकार तथा कलाकार बन्ने छ ।

नृत्यमा देखिएका आधुनिकतालाई उनी मन पर्दैन । उनलाई सांस्कृतिम पहिरन मन पर्छ । विद्यालय पोशाकबाहेक उनी प्रायः आफ्नो मातृ ड्रेस गुरुङ पोशाकामा भेटिन्छन् । आधुनिकताका नाउँ बेचेर आफ्नो शरीर नढाक्ने लुगा लाउने युवतीहरुलाई आफ्नो राष्ट्रियता सम्भिmन उनी आग्रह गर्छिन् । विदेशी कलाप्रति उनको वितृष्णा छ । त्यसैले त कला, कला देखाउँदै, कला बचाउँदै हिँडेकीछन् ।

written by Ash Gurung 'Pratik" source: http://www.prem.net.np

No comments: