Saturday, August 21, 2010

॥ गीत ॥-प्रेम गुरुङ

॥ गीत ॥by Prem Gurung on Wednesday, August 18, 2010 at 8:09pm
-प्रेम गुरुङ रामादी, कास्की - २०६७ आषाढ १७
------------------------------------------------------

तिमी सँग मनका कुरा भन्न मन लाग्छ ॥
तिम्रो सिँउँदो रँगाएर जिउन मन लाग्छ ॥

फकि्रएको फूल जस्तो रहेछ तिम्रो जोवन ॥
टिपुँ टिपुँ जस्तो लाग्छ भनी रहन्छ यो मन ॥

लज्जावती जस्ती हुन्छयौ तिमी लजाउँदा ॥
धड्कन मेरो बडी दिन्छ समिपैमा आउँदा ॥

ओँट टोकि हाँस्दा तिमी छछल्किन्छ रुप ॥
तिम्रो मुस्कान देखेर लोभिन्छ मेरो मन ॥

॥ खोजि रहेछ यो मन । तिमीलाई नै ॥-प्रेम गुरुङ, देउराली-७, रामादी, कास्की -२०६७ आषाढ २२

॥ खोजि रहेछ यो मन । तिमीलाई नै ॥by Prem Gurung on Wednesday, August 18, 2010 at 8:20pm
----------------------------------------

खोजि रहेछ यो मन । तिमीलाई नै ॥
देखि रहन्छु सपनीमा । तिमीलाई नै ॥
के भयौ र तिमीलाई ? कि भएनौ र सन्चो ??
कि सतायौ र तिमीलाई ? मेरो सम्झनाले ॥

गाह्रो हुँदो रहेछ जिउन । तिमी देखि टाडा हुँदा ॥
जिउँदो लाश झैँ हुँदो रहेछ । विछोडीनु पर्दा ॥
यस्तै हुँदो हो तिमीलाई पनि । मेरो सम्झनाले ॥
सवै बैरी बने होलान् । सहरा नहुनाले ॥

के गर्दी होली तिमी ? त्यो विरानो ठाउँमा ॥
छटपटीदा हुन् वेदनाले । मेरो याद आउँदा ॥
हेर्दी होली मलाई नै ! दोवाटोमा कुरी ॥
गर्दी होली कामना तिमी ! मेरो आगमनको ॥


मलाई पनि कहाँ छ र मन ? बस्न तिमी देखि टाढा ॥
रुन्न होला र मेरो यो मन ? तिम्रो याद आउँदा ॥
नदुःखेको कहाँ छ र यो मन ? बाध्यततामा जिउनु पर्दा ॥
खोजि रहेछ यो मन । केवल तिमीलाई नै ॥

॥ गीत ॥

॥ गीत ॥by Prem Gurung on Wednesday, August 18, 2010 at 8:34pm

॥ गीत ॥-प्रेम गुरुङ २०६७ श्रावण २



तिमी भन्छयौ सम्झनामा नआईदेउ ॥

चर्केको मुटु दुःखाउन ॥

तिमीले दुवाली छेक्यौ आँशुको भेल बडाउन ॥



जानै परयो जाउ भने पछि ॥

मन छैन मलाई फर्केर हेर्न ॥

देख्यौ खालि मेरो नयनलाई ॥

हानेको होईन तिखो निशान ॥



कुनै वेला सँगै थियौँ दोवाटोमा ॥

भन्यौ कसरी एक्लै छु गोरोटोमा ॥

गयौ तिमी के के सोँची ॥

दोधारमा परयौ कसरी ॥



दिन हुन्न टुट्न त्यो कोमल ह्रदयलाई ॥

मुटुको कुनै कुनामा प्यार बाँकी छ भने ॥

धेरै छन् उपयाहरु सिलाउने ॥

तिमी भन्छयौ भने मै सिलाई दिउँला ॥

॥ बुझनै सकिन ॥

॥ बुझनै सकिन ॥by Prem Gurung on Wednesday, August 18, 2010 at 8:28pm
- प्रेम गुरुङ देउराली-७ रामादी कास्की(हाल अफगानिस्तान २०६७ आषाढ २६)



सुस्ताउँछ बतास पनि आउदा तिमी बुझनै सकिन ॥

जुदायौ नयन मसँग मस्किएर मुस्कान बुझनै सकिन ॥



कहिले जिस्किन्छौ कहिले ठूस्किन्छौ बुझनै सकिन ॥

अनुहार तिम्रो पढ्न खोजेँ जवाफ पाउनै सकिन ॥



झिमझिम परेला तिम्रो नयनको भाका बुझनै सकिन ॥

फरफराउँदै ओँठ तिमीले के के भन्यौ बुझनै सकिन ॥



क्यानभाषमा कोर्न खोँजेँ तिम्रो तस्वीर कोर्नै सकिन ।

स्पर्श गरयौ समिपै आई तिमीले मन थाम्नै सकिन ॥