Tuesday, October 12, 2010

कालिका युवा क्ल्ब रामादी द्धारा बडा दशैँ २०६७ को पावन अवसरमा दुई दिने जुनियर भलिबल प्रतियोगिता २०६७ र विविध ्साँस्कृतिक कार्यक्रम


कालिका युवा क्ल्ब रामादी द्धारा बडा दशैँ २०६७ को पावन अवसरमा दुई दिने जुनियर भलिबल प्रतियोगिता २०६७ र विविध ्साँस्कृतिक कार्यक्रम २०६७ असोज २५ गते सुसम्पन्न भएको छ । उक्त प्रतियोगितामा जम्मा १० टिमको सहभागिता रहेको थियो भने प्रथम र दोस्रो स्थान हाँसिल गर्न सकेका रतनपुर युवा क्ल्ब तनहुँ र काभ्रे युवा क्ल्ब तनहुँ का विजयी खेलाडिहरुलाई रामादी सामुदायिक विकास केन्द्रका अध्यक्ष श्री धनराज गुरुङ सचिव भविश्रवर गुरुङ र श्रीमति पवित्र गुरुङले अविर लगाई मेडल र प्रमाण पत्र वितरण गर्नु भएका थिए । प्रथम र दोस्रो हुनेलाई क्रमशः बोका प्रदान गरेका थिए । उक्त कार्यक्रममा कालिका युवा क्ल्वले विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।


रामादी सामुदायिक विकास केन्दका अध्यक्ष श्री धनराज गुरुङ र सचिव भविश्रवर गुरुङ ज्युले विजयी खेलाडी र टिमहरुलाई बधाईका साथ साथै उपस्थित खेलाडीहरु खेलप्रेमी दर्शक महानुभवहरुलाई शुभ कामना व्यक्त गर्नु भएका थिए । क्लबका अध्यक्ष श्री पाच सुवा गुरुङको अध्यक्षतामा साचालित कार्यक्रम ब्ल्बकै सचिव श्री भिम गुरुङले कार्यक्रम साचालन गर्नु भएको थियो ।