Tuesday, April 20, 2010

नव वर्ष २०६७ - १४ अपि्रल २०१० बुद्यबार


नव बर्ष २०६७ को आगवन शुरु हुनु भन्दा पहिलै देखि सवैले आ-आफ्नो तरिकाबाट तथा विभिन्न माध्यमबाट शुभ कामना आदन प्रदान कार्य जारी रहयो । कसैले प्रतक्ष्य फोनबाट वा शुभ कामना कार्ड मार्फत त कसैले ईमेल अथवा सोसियल नेटवोर्क वोइवसाईटहरुबाट जस्तै फेसवुक डट कम ओर्डप्रेस डट कम टुइटर डट कम हाई५डट कम इत्यादिबाट ।

मैले पनि आफ्न्त देखि साथी भाइ तथा सोसियल नेटवोर्कका वोइव साईका साथीहरुलाई शुभ कामना दिएँ तथा प्राप्त पनि गरें । देशबाट टाढा रहंदाको जुन पिडा छ त्यो त हृदय भित्र छन्दै छ त्यसमा पनि चार्ड पर्व इत्यादिहरुमा आफ्ना परिवार ईष्टमित्रहरुको याद साह्रै आउन्दो रहेछ ।

विहानै मेरी अर्धाङगीनी सिता र छोरीहरुलाई नव वर्षको शुभ कामना दिउँ भनेर मोवाइलमा डायल गरें । असफल भएँ धेरै समय सम्म । करिब विहानको ९ः०० बजेको थियो आमालाई गाउँमारामादी सम्पर्क गर्न खोजें सम्पर्क हुन सकेन । फरि कान्छा भाइ पूर्णको मोवाइलमा पनि सम्पर्क हुन सकेन । एक मनले नेपाल टेलिकम तथा स्पाईस नेपाललाई देखेर रिस नउठेको पनि होईन । हुन त तेत्रा ग्राहकहरुले शुभ कामना दिनको लागि सम्पर्क गर्दा त पक्कै पनि नेटवोर्क व्यस्त त भए होलान् नै फरि पनि …। ।

अफिसमा ७ः०० वजे देखि नै काम शुरु हुने भएकोले समय समयमा सम्पर्क गर्ने कार्य जारी नै रहयो । वल्ल बल्ल विहानको ११ वजे मात्र सम्पर्क हुन सकें आमा सँग । आमालाई आज नव वर्ष पनि र संयोगवस आजैको दिनमा माता तीर्थ औंसी परेको हुनाले उहाँ सँग भेट्न नपाए पनि फोनबाटै भए पनि वोल्न पाएं र उहाँको सु -स्वास्थ्य तथा दीर्घायुको शुभ कामना दिएँ र आमाले पनि आशिर्बाद दिनु भयो । धेरै खुशी लाग्यो । कान्छा भाइ बुहारी तीर्थ र रिक मामा सँग पनि शुभ कामना आदनप्रदान भयो । गाउको हालखवर पनि थाहा पाउने मौका पाएँ ।

दिनको १२ः४५ बजे मात्र सिताको फोनमा सम्पर्क हुन सक्यो र शुभ कामना दिएँ साथै ठूली छोरी रोजिनालाई पनि । सिता र रोजिना त नव वर्ष मनाउनलाई सौराहा चितवन पो गएका रहेछन् । सायद यसैले गर्दा होला फोन सम्पर्क हुन नसकेको । जेहोस् नयाँ वर्ष मनाउन राम्रो ठाउँमै गएकी रहेछिन् मरी श्रीमति र छोरी । राघिका चौधरी सोविता जोन्सन र जोमन गएका रहेछन् ।

मेरी कान्छी छोरी सविना त गाउँमै रहेछिन् हजुर आमा सँगै । सविनाको एउटा बानी अचम्म लाग्दछ मलाई किन भने जति पटक फोनमा कुरा गर्न खोजे पनि कहिल्यै वोल्दैनन् यिनी । तर जव यिनको जन्म दिन पर्दछ त्यो दिनमा आफैं फोन उठाउँछिन् । सम्ववत सविनाको वोली सुन्नलाई कि त उनी सँगै भेट हुनु पर् यो कि त वर्थ डे नै कुर्न पर् यो । मैले करिब ४ महिना पछि मात्र अर्थात मार्च २७ २०१० मा छोरी सँग वोल्न पाएको थिएँ । ज्यादै खुशी लागेको थियो ।